मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १३ मंगलबार
  • Tuesday, 25 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण १३ मंगलबार १६:४२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण १३ मंगलबार १६:४२:oo

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ७.१३ अंकले बढेर दुई हजार ७६५.८८ को विन्दुमा कायम भएको हो ।

आज ३१२ कम्पनीको एक करोड ७८ लाख ६५ हजार सात सय तीन कित्ता सेयर ९७ हजार ५६२ पटक खरिद–बिक्री हुँदा रु. नौ अर्ब ९० करोड ९३ लाख ८६ हजार २२७ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ ०.०२, होटेल तथा पर्यटन ०.०५, लगानी ०.७७, जीवन बिमा ०.८१, उत्पादन तथा प्रशोधन ०.१८, म्युचुअल फन्ड ०.०५ र अन्य समूह २.९० प्रतिशतले बढेको छ । अरू सबै समूहको उपसूचक घटेको छ । विकास बैंक ०.१२, वित्त ०.७१, लघुवित्त ०.१५, निर्जीवन बिमा ०.२८ र व्यापार समूह २.५१ प्रतिशतले घटेको हो ।

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्ने क्रमले आज पनि निरन्तरता पाएको छ । सबैभन्दा धेरै घट्नेमा भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ८.९७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु. एक अर्ब दुई करोड ६२ लाख ७३ हजारबराबरको कारोबार भएको छ । त्यस्तै, कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर सेयर १० लाख ३१ हजार दुई सय ८८ कित्ता किनबेच भएको छ ।