मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १२ सोमबार
  • Tuesday, 25 February, 2025
मृतक इन्सपेक्टर सन्तोषी महत
२o८१ फाल्गुण १२ सोमबार २१:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सशस्त्रकी इन्स्पेक्टरको मृत्यु प्रकरणः आत्महत्या दुरुत्साहनमा सशस्त्रकै इन्स्पेक्टर पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण १२ सोमबार २१:५o:oo

सशस्त्र प्रहरी बलकी प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोषी महतलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा सशस्त्र प्रहरीकै इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन्। सोमबार पक्राउ पुर्जी जारी भएसँगै सशस्त्र प्रहरीले उनलाई कास्की प्रहरीको जिम्मा लगाएको हो। 

कास्की प्रहरीका प्रवक्ता डिएसपी वसन्त शर्माले इन्स्पेक्टर जोशीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको बताए। इन्स्पेक्टर जोशी मनकामना गण तनहुँमा दरबन्दी भई कास्कीमा कार्यरत थिए। 

सन्तोषीका परिवारले विवेकविरुद्ध किटानी जाहेरी दिएका थिए। उनकै यातनाका कारण सन्तोषी आत्महत्या गर्न बाध्य भएको परिवारको दाबी छ।  

पोखराको लामापाटनस्थित सशस्त्र प्रहरीको हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयअन्तर्गत तालिम केन्द्रको महिला शौचालयमा झुन्डिएको अवस्थामा महतको शव शनिबार बेलुका फेला परेको थियो। 

सिन्धुपाल्चोक घर भएकी महत १७औँ  बेसिककी इन्स्पेक्टर हुन्। उनी आधारभूत तालिम गर्दै थिइन्। पक्राउ परेका जोशी १६औँ बेसिकका हुन्।

०७२ सालमा जवानमा भर्ना भएकी महतले ०७८ सालमा असइमा र ०८१ मा निरीक्षकमा नाम निकालेकी थिइन्। उनको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। आमा–बुबा अस्ट्रेलियाबाट आएपछि मात्र उनको दाहसंस्कार गर्ने परिवारको तयारी छ।  

घटनाको आन्तरिक छानबिन गर्न सशस्त्र प्रहरी बलले डिआइजी लक्ष्मण सिंहको नेतृत्वमा पाँचसदस्यीय छानबिन समिति गठन गरेको छ।