मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १३ मंगलबार
  • Tuesday, 25 February, 2025
नयाँ पत्रिका वासिङ्टन
२o८१ फाल्गुण १३ मंगलबार १३:३७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

करवृद्धि तोकिएकै समयमा : राष्ट्रपति ट्रम्प

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वासिङ्टन
नयाँ पत्रिका
२o८१ फाल्गुण १३ मंगलबार १३:३७:oo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँसँगको भेटपछि पत्रकारलाई सम्बोधन गर्दै क्यानडा र मेक्सिकोमा आफूले घोषणा गरेको कर योजनाअनुसार अघि बढिरहेको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले आफ्ना सहयोगीसमेत प्रतिद्वन्द्वीलाई चर्को करको चेतावनी दिइरहेका वेला उनी र म्याक्रोँबिच युक्रेनको द्वन्द्वमा केन्द्रित वार्ता भएको हो ।

पदभार ग्रहण गरेलगत्तै राष्ट्रपति ट्रम्पले अवैध आप्रवासन र घातक फेन्टानिलको प्रवाहको कारण देखाउँदै क्यानडा र मेक्सिकोबाट आउने आयातमा २५ प्रतिशतसम्म कर लगाउने घोषणा गरेका थिए ।

वार्ता जारी रहेकै वेला उनले अन्तिम समयमा एक महिनाका लागि कर वृद्धि स्थगन गरिएको घोषणा गरेका थिए । यो विराम अर्को मंगलबार समाप्त हुनेछ र सबैको नजर उत्तर अमेरिकी छिमेकीहरूले उनीहरूको कार्यान्वयन रोक्नका लागि सम्झौतामा आउन सक्छन् कि सक्दैनन् भन्नेमा छ ।

करवृद्धिले अटो उत्पादनजस्ता प्रमुख क्षेत्रहरूमा आपूर्ति शृंखलालाई कमजोर पार्नेछ। ट्रम्पले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘करहरू निर्धारित समयमा नै लागू हुने गरी प्रक्रियाहरू अघि बढिरहेका छन् ’ रासस