मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १३ मंगलबार
  • Tuesday, 25 February, 2025
नयाँ पत्रिका काठमाडौ‌
२o८१ फाल्गुण १३ मंगलबार १९:३७:oo
Read Time : < 1 मिनेट
समाचार

महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री पशुपतिमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौ‌
नयाँ पत्रिका
२o८१ फाल्गुण १३ मंगलबार १९:३७:oo

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ महाशिवरात्रि पर्व, ०८१ को पूर्वसन्ध्यामा पशुुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गरेका छन्।

प्रधानमन्त्री ओलीले मन्दिरमा पूजाआरती गर्नुका साथै महाशिवरात्रिको व्यवस्थापन तयारीबारे पशुुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग जानकारी लिएका छन्। सो क्रममा पर्वलाई सुरक्षित, अनुुशासित, मर्यादित तथा व्यवस्थित बनाई सहज रूपमा भक्तजनको दर्शन व्यवस्था मिलाउन उनले निर्देशनसमेत दिए। 

प्रधानमन्त्री ओलीका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलगायत पशुुपतिनाथ मन्दिर पुुगेका थिए।