
दिगो विकाससम्बन्धी १२औँ एसिया प्रशान्त मञ्च (एपिएफएसडी)को वार्षिक बैठक थाइल्यान्डको बैंककमा सुरु भएको छ । एसिया–प्रशान्त क्षेत्रमा दिगो विकास लक्ष्य (एसडिजिएस)को प्रगति अनुगमन र समीक्षा गर्नका लागि मंगलबारदेखि वार्षिक बैठक सुरु भएको हो ।
एसिया र प्रशान्त क्षेत्रमा कसैलाई पनि पछाडि नछाड्ने गरी २०३० एजेन्डा र यसको दिगो विकासको लक्ष्यहरूका लागि दिगो, समावेशी, विज्ञान र प्रमाणमा आधारित समाधानहरू अगाडि बढाउनु बैठकको मुख्य एजेन्डा रहेको छ ।
बैठकमा राम्रो स्वास्थ्य र कल्याण, लैंगिक समानता, शिष्ट काम र आर्थिक वृद्धि, पानीमुनि जीवन, लक्ष्यहरूका लागि साझेदारीलगायतका दिगो विकासका लक्ष्यहरूमा छलफल गरिनेछ । बैठक २८ फेब्रुअरीसम्म चल्नेछ ।