चार सय ६० दिन लामो युद्धपछि इजरायल र हमासबीच युद्धविरामको प्रक्रिया सुरु भएको छ। बुधबार युद्धविरामका लागि दुवै पक्ष सहमत भएका छन् । केही बन्दीहरु रिहा गरेर युद्धविरामलाई अघि बढाउन लागिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
७ अक्टोबर २०२३ मा हमालले इजरायलमा आक्रमण गरेपछि दुईदेशबिच युद्ध सुरु भएको थियो । सो आक्रमणमा एक हजार २ सय १० जनाको मृत्यु भएको थियो। त्यसपछि इजरायलले निरन्तर गाजामा आक्रमण गर्दै आएको छ। जहाँ ४६ हजार भन्दा धेरैले ज्यान गुमाएका छन्।
हमासले इजरायलबाट ९४ जनालाई बन्दी बनाएको छ । जसमा नेपालका विपिन जोशी समेत छन्। उनको अवस्था अज्ञात छ। युद्धबिराम सुरु भएसँगै उनको रिहाईका लागि नेपाल सरकारले पनि पहल थालेको छ।
इजरायल -हमास युद्ध रोक्न केही दिनदेखि अमेरिका, कतार र इजिप्टले प्रयास गर्दै आएका थिए।