नेपाली सेना र भारतीय सेनाबिच संयुक्त सैनिक अभ्यास सूर्य किरणको १८औँ संस्करण मंगलबार रुपन्देहीस्थित नेपाली सैनिक ब्याटल स्कुल सालझन्डीमा सुरु भएको छ । दुई सातासम्म सञ्चालन हुने सैन्य अभ्यासमा भारतबाट ११औँ गोर्खा राइफल्सअन्तर्गतका ३३४ सैनिक नेपाल आएका छन् । दुई देशका सेनाले हरेक वर्ष पालैपालो आफ्नो देशमा संयुक्त अभ्यास आयोजना गर्दै आएका छन् ।