मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ६ शनिबार
  • Saturday, 21 December, 2024
रमेश सुवेदी काठमाडौं
२o८१ पौष ६ शनिबार १६:o३:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सुदूरपश्चिमविरुद्ध बदला लिँदै जनकपुरले जित्यो एनपिएलको उपाधि

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ६ शनिबार १६:o३:oo

नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । तेस्रो भेटमा बदला लिँदै जनकपुरले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हरायो ।  शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ८५ रनको लक्ष्य प्रस्तुत गर्याे । प्रत्युत्तरमा जनकपुरले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पहिलो संस्करणको उपाधि उचाल्यो । 

यसअघि भएको दुबै खेलमा सुदूरपश्चिम विजयी भएको थियो । पहिलो क्वालिफायरमा सुदूरपश्चिम आठ विकेटले विजयी हुँदा लिग चरणमा समेत जनकपुरलाई ७२ रनले हराएको थियो । त्यसैको बदला फाइनलमा जनकपुर लिन सफल भयो । 

जनकपुरलाई पहिलो क्वालिफायरमा हराउँदै सुदूरपश्चिम फाइनलमा स्थान बनाएको थियो । जनकपुर कर्णालीलाई इलिमिनेटरमा हराउँदै तेस्रो पटक सुदूरपश्चिमसँगको भेट पक्का गरेको हो । जनकपुरको लागि ओपनरद्वय लाहिरु मिलान्था र कप्तान आशिफ शेखले पहिलो विकेटको लागि ७३ रनको बलियो साझेदारी गरे । तेस्रो विकेटको लागि लाहिरु र हर्ष ठाकरबीच ६१ रनको साझेदारी भएको थियो । 

श्रीलंका कोलम्बोमा जन्मिएर अमेरिकाको लागि खेलिरहेका लाहिरुले ४९ बलमा सर्वाधिक ८७ रन बनाए । ९ चौका र चार छक्का प्रहार गरेको लाहिरुलाई स्कट कुगुलेइनलाई १५.३ ओभरमा आउट गरेका हुन् । तेस्रो विकेटको लागि लाहिरु र हर्षबीच तेस्रो विकेटको लागि ६१ रनको साझेदारी भएको थियो । हर्षले ....... ओपनर आसिफले १९ बलमा ३३ रन बनाए । चार चौका र २ छक्का प्रहार गरेको आसिफलाई सैफ जैवले ब्रान्डन म्याकमुलनबाट क्याच गराएका थिए । मोहम्मद मोहसिनले ९ रनमात्रै बनाए । जिमी निसमले ४ रनमात्रै बनाए ।  जनकपुरको लागि स्कट, दीपेन्द्रसिंह ऐरी, सैफ जैव र इशान पाण्डेले समान एक विकेट हात पारेका थिए । 

पहिलो इनिङमा पहिलो विकेटको लागि ओपनरद्वय सैफ जैव र विनोद भण्डारीले ११७ रनको साझेदारी गरेपछि सुदूरपश्चिमले ठूलो स्कोर बनाउन सफल भएको थियो । यदपि मध्यक्रम र तल्लो क्रमले सोचेजस्तो प्रदर्शन नगर्दा सुदूरपश्चिमले प्रतियोगिताकै कीर्तिमानी रन बनाउन सकेन । ११.६ ओभरमा पहिलो विकेट गुमाएको सुदूरपश्चिमले बाँकी ८ विकेट गुमाउँदा मात्र ६७ रन बनायो । यसअघि लुम्बिनीविरुद्ध विराटनगरले एनपिएलकै सवैभन्दा धेरै रन १९३ बनाएको थियो । 

सुदूरको लागि इंग्ल्यान्डका २६ वर्षीय बाँया हाते ब्याटरले ४३ बलमा सर्वाधिक ६९ रन बनाए । ८ चौका र २ छक्का प्रहार गरेका जैवलाई किशोर महतोले ललित राजवंशीबाट क्याच आउट गराएका हुन् । उनले एनपिएलमा दोस्रो अर्धसतक हो । यसअघि लुम्बिनीविरुद्ध ९० रन बनाएका थिए । 

अर्का ओपनर विनोदले ३१ बलमा ४१ रन बनाए । १ चौका र ३ छक्का प्रहार गरेको विनादलाई राजवंशीले नै बोल्ट गरेका हुन् । तेस्रो नम्बर क्रिजमा आएका ब्रान्डन म्याकमुलेन र हरमित सिंहले समान १४ रन बनाए । 

९ रन बनाएका कप्तान दीपेन्द्रसिंह ऐरीलाई मोहम्मद मोहसिनले वैकल्पिक खेलाडी हेमन्त धामीबाट क्याच गरेपछि सुदूर रन बनाउनै सकेन । न्युजिल्यान्डका ३२ वर्षीय खेलाडी स्कट कुगेलेइनले पनि १० बलमा जम्मा १३ रन बनाए । आशा गरिएका आशिफ शेखले मात्र १ रन बनाएन सके । नरेश बुढाऐरपनि ८ रन बनाएर आउट भएका हुन् । 

टस हारेर बलिङमा आएको जनकपुरको लागि मोहम्मद मोहसिन र किशोरले समान सर्वाधिक तीन विकेट लिए । ललित, जेम्स निसमले समान एक विकेट हात पारेका हुन् । शेर मल्ल र हर्ष ठाकर विकेट विहिन भए ।