मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ३ बुधबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ३ बुधबार १६:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

गाउँपालिकाकी पूर्वउपाध्यक्ष र प्रशासकीय अधिकृतसहित ८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ३ बुधबार १६:५६:oo

भ्रष्टाचार मुद्दामा कालिकोटको पलाँता गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुश्मासहित ८ जनाले सफाइ पाएका छन्।

थोपा सिँचाइ आयोजना निर्माणको क्रममा भ्रष्टाचार गरेको भन्दै उनीहरूविरुद्ध गत चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 

सो मुद्दामा विशेष अदाललते बुधबार फैसला सुनाउँदै सफाइ दिएको हो। उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित सब–इन्जिनियर माधवकुमार भट्ट, तत्कालीन वडाध्यक्ष पटकबहादुर बम र वडासचिव जानकीकुमारी शाही, उपभोक्ता समितिका अध्यक्ष मनराज शाही, सचिव लोकेन्द्र बम र कोषाध्यक्ष मोतीपुरा रोकायले सफाइ पाएका छन्।  

थोपा सिँचाइ आयोजनाको उपभोक्ता समिति र गाउँपालिकाबिच सम्झौता भई  काम हुँदा योजनाको लागत अनुमानबमोजिम कार्य नभएको, स्थलगत नापजाँच गरी कम काम भएको कार्यलाई बढी गरेको भन्दै  १३ लाख ७४ हजार ९९१ रुपैयाँ बिगो कायम गरी २७ चैत २०८० मा मुद्दा दायर भएको थियो।