मानबहादुर एन्ड मायादेवी फाउन्डेसनले जिल्ला प्रशानस कार्यालय गुल्मीलाई फर्निचरहरू सहयोग गरेको छ । कार्यालयमा सबैभन्दा बढी सेवाग्राहीको चाप हुने हुँदा सेवाग्राही घण्टौँसम्म उभिनुपरेको भन्दै उनीहरूलाई सहज होस् भनेर १२ थान बेन्च सहयोग गरेको हो।
लामो समयदेखि सामाजिक सहयोगमा सक्रिय श्रेष्ठले फाउन्डेसन नै बनाएर विभिन्न क्षेत्रमा सहयोग गरिरहेका छन्। बुधबार श्रेष्ठले फाउन्डेसनमार्फत निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेलाई फर्निचर हस्तान्तरण गरेका हुन्।
नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन प्रशासनमा आउनुपर्ने हुँदा यहाँ सधैँजसो भिड छ। निमित्त प्रमुख जिल्ला अधिकारी गैरेले मानबहादुर र उनका छोराहरूबाट सबैले सामाजिक काम सिक्नुपर्ने बताए।