Skip This
इतिहासमा आज
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज २० आइतबार o८:o६:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार o८:o६:oo

सन् १९५१ : सोभियत नेता जोसेफ स्टालिनले आफ्नो देशसँग आणविक हतियार भएको घोषणा गरे । यसअघि अमेरिकासँग मात्र रहेको सो हतियार रहेकोमा प्रतिस्पर्धी मुलुकसँग भएको घोषणाले विश्वको शक्ति सन्तुलनमा ठुलो परिवर्तन ल्यायो ।

सन् १९६५ : प्याट्रिसिया ह्यारिस बेल्जियमका लागि अमेरिकी राजदूत घोषित भएसँगै उनी अमेरिकी इतिहासको पहिलो अश्वेत राजदूत बने ।

सन् १९७३ : इजरायलले देशकै ठुलोमध्ये एक चाड योम किप्पुर मनाइरहेको समयमा इजिप्ट, सिरिया, इराक र जोर्डनले विनाकुनै चेतावनी आक्रमण गरे । यसलाई योम किप्पुर युद्ध भनेर चिनिन्छ ।

सन् १९७६ :  ग्याङ अफ फोर पक्राउ परे । जियाङ चिङ (जो माओकी श्रीमती थिइन्), झाङ चुन्चिआयो, याओ वेनयुआन, वाङ होङवेनको यो समूहले सांस्कृतिक क्रान्तिको पछिल्लो चरणमा चिनियाँ कम्युनिस्ट पार्टीको शक्तिशाली निकायमा नियन्त्रण गरेको थियो ।

सन् १९८१ : इजिप्टका तत्कालीन राष्ट्रपति अनवर अल–सद्दातलाई कायरोमा इस्लामिक अतिवादीले हत्या गरिदिए । उपराष्ट्रपति होस्नी मुबारकले सत्ता सम्हाले ।

सन् २००० ः संघीय गणतन्त्र युगोस्लाभियाका राष्ट्रपति स्लोवोदान मिलोसेभिचले राजीनामा दिए ।