Skip This
तीन महिनामा अन्नपूर्ण क्षेत्रमा ३४ हजार ६५१ विदेशी पर्यटक भित्रिए
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
२o८१ असोज २० आइतबार १o:३८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

तीन महिनामा अन्नपूर्ण क्षेत्रमा ३४ हजार ६५१ विदेशी पर्यटक भित्रिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार १o:३८:oo

पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ । विगत तीन महिनामा ३४ हजार ६५१ विदेशी पर्यटक उक्त क्षेत्रमा भित्रिएका छन् । गत जुलाईमा पाँच हजार २४९ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकोमा सेप्टेम्बरमा बढेर पर्यटकको संख्या २३ हजार ८८ पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । अगस्टमा त्यस क्षेत्रमा पुग्ने विदेशी पर्यटकको संख्या ६ हजार ३१४ थियो ।

आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार यो यामको सेप्टेम्बर र अक्टोबरमा सबैभन्दा बढी पर्यटक उक्त क्षेत्रको भ्रमणमा आउने गरेका छन् । सेप्टेम्बरमा घुमफिरका लागि आएका विदेशी पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका ११ हजार ६८२ र अन्य देशका ११ हजार ४०६ जना छन् । अगस्टमा सार्क क्षेत्रका तीन हजार ३८३ र अन्य मुलुकका दुई हजार ९३१ पर्यटकले एक्यापको भ्रमण गरेका थिए । जुलाईमा सार्क क्षेत्रका तीन हजार तीन सय ५० र अन्य मुलुकका एक हजार ८९३ जनाले भ्रमण गरेका थिए ।

एक्यापभित्र पर्ने अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, सिक्लेस, खुमैडाँडा, मनाङको तिलिचो ताल, थोरङभञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानीलगायत क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ । आन्तरिक पर्यटक पनि यही याममा बढी आउने गरेका छन् ।

गत आर्थिक वर्षमा दुई लाख २२ हजार १८० विदेशी पर्यटक भित्रिएका थिए भने तिनमा एसियाली मुलुकका एक लाख १७ हजार ८४५ र अन्य मुलुकका एक लाख चार हजार २५६ जना थिए । रासस