Skip This
जेईको जे–६ र ओमोडा ई-५ को सय युनिट एकै दिनमा डेलिभरी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
२o८१ असोज २० आइतबार १२:२१:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

जेईको जे–६ र ओमोडा ई-५ को सय युनिट एकै दिनमा डेलिभरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार १२:२१:oo

ओमोडा एन्ड जेईको कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक वितरक एसपिजी अटोमोबाइल्स प्राइभेट लिमिटेडले ‘जेईको जे सिक्स’ इलेक्ट्रिक एसयुभी र ओमोडाको १०० भन्दा धेरै युनिट डेलिभरी सफलतापूर्वक सम्पन्न गरेको छ।

पूर्ण रूपमा विद्युतीय जेइको जे सिक्स नेपालमै पहिलो अफरोड इलेक्ट्रिक एसयुभी हो। गत अगस्टमा नाडा अटो सोको अवसरमा सार्वजनिक गरिएको बहुप्रतीक्षित जेईको जेसिक्सले यसको पावर, पर्फर्मेन्स तथा आकर्षक अफरोड डिजाइनका कारण छोटो समयावधिमा नै नेपाली ग्राहकहरूको मन जित्न सफल भएको छ। 

त्यसमाथि, अफरोड ड्राइभिङमा रुचि राख्नेहरूले गत हप्ता आयोजित डर्टटेम्पल च्यालेन्जको चुनौतीपूर्ण ट्र्याकहरूमा जेईको जेसिक्सको शक्तिशाली अफरोड क्षमता प्रत्यक्ष अनुभव गर्न तथा हेर्न पाएका थिए। यसबाट विद्युतीय गाडीले पनि जस्तोसुकै अप्ठ्यारो भूभागहरू सजिलै पार गर्न सक्छ भन्ने कुरा पनि प्रमाणित भएको कम्पनीको दाबी छ। त्यति मात्र होइन, ओमोडा ई–फाइभ सार्वजनिक भएको केही महिनामै फ्युचरिस्टिक एसयूभीले लोकप्रियता हासिल गरेको छ। भर्खरै नाडा अटोशोमा ओमोडा ई५ डिएलएक्स ओमोडा ई–फाइभ एलयुएक्सको कम संस्करण हो।

जेईको जेसिक्स नेपालको चुनौतीपूर्ण अफरोड अवस्थाका लागि उपयुक्त हुने गरी डिजाइन गरिएकाले यो नेपाली अफरोड पारखीहरूका लागि उचित रोजाइ बनेको छ। २७१५ मिलिमिटरको ह्विलबेस, १८ (वा १९) इन्चको ह्विल तथा २०० मिलिमिटरको भव्य ग्राउन्ड क्लियरेन्स अफरोडका लागि उपयुक्त विशेषता हो। चालकसहित पाँच यात्रु क्षमता रहेको यो गाडीमा वाइड प्यानोरामिक सनरुफ, ८–१२ स्पिकर इन्फिनिटी साउन्ड सिस्टम तथा इजिक्लिनिङ डिजाइनसहितको इन्टेरियर रहेको छ। यसको साइड–हिन्ज्ड टेलगेटसँगै २६४ लिटरको बुटस्पेस र १० किलो क्षमताको पेलोड बक्स रहेको छ जुन आपतकालीन अवस्था तथा सहज पहुँचका लागि उपयुक्त हुन्छ।

जे सिक्सले डे एन्ड नाइट रियर भ्यु  मिरर, ३६० डिग्री क्यामेरा, प्यासेन्जर एयरब्याग, साइड एयरब्यागजस्ता सुविधाहरूको साथ उच्चतम सुरक्षा प्रदान गर्दछ। जे सिक्सले यसको रगेड बडीसँगै अफ रोडका लागि शक्तिशाली पर्फर्मेन्स दिन्छ। जे सिक्स दुईवटा भेरियन्टमा उपलब्ध छ। पहिलो भेरियन्ट, २०० न्युटनमिटरको टर्क र १८० किलोवाटको अधिकतम पावर दिने डुअल इलेक्ट्रिक मोटरसहितको फोर–ह्विल–ड्राइभ र दोस्राे, १८४ न्युटनमिटरको टर्क र १३५ किलोवाटको अधिकतम पावर दिने सिंगल मोटर भेरियन्टमा उपलब्ध छ।

यो गाडी ६.५ सेकेन्डभित्रै ० बाट १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ। सिएटिएलको एलएफपी (लिथियम फेरोस फस्फेट) ब्याट्री (जुन ५०.६ किलोवाट आवर, ६५.७ किलोवाटआवर, वा ६९७ किलोवाटआवरमा उपलब्ध छ) रहेको जे सिक्सले ५०१ किलोमिटरको सिएलटिसी रेन्ज प्रदान गर्दछ । गाडी ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म मात्र ३० मिनेटमा चार्ज हुन्छ भने यसमा डिसी र एसी दुवै चार्जिङ पोर्टहरू उपलब्ध छ।