Skip This
खसीबोका र च्याङ्ग्राको बिक्री–वितरण (फोटोफिचर)
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ असोज २० आइतबार ११:५५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

खसीबोका र च्याङ्ग्राको बिक्री–वितरण (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार ११:५५:oo

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्याङ्ग्राको बिक्री–वितरण सुरु गरेको छ। थापाथलीस्थित कम्पनीको परिसरबाट आइतबार बिहानदेखि खसीबोका र च्याङ्ग्राको बिक्री–वितरण सुरु गरिएको हाे। काठमाडौं उपत्यकामा खसीबोका र च्याङ्ग्रा देशका विभिन्न भागबाट ल्याइएको छ । यसैगरी मनाङ र मुस्ताङबाट समेत भेडाच्याङ्ग्रा ल्याइएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्याङ्ग्राको मूल्यसमेत निर्धारण गरेको छ । कम्पनीले खसीबोका र च्याङ्ग्राको मूल्यमा प्रतिकेजी १० रुपैयाँ छुट दिएको छ । जसअनुसार खसी जिउँदोको मूल्य प्रतिकेजी ६६०, बोका जिउँदोको मूल्य प्रतिकेजी ६६० र च्याङ्ग्रा जिउँदोको मूल्य प्रतिकेजी १२२० निर्धारण गरिएको छ ।

यसैबिच, पशु सेवा विभागले उपभोक्ताको स्वास्थ्यलाई दृष्टिगत गर्दै खसीबोका बिक्री भइरहेका स्थानमा पशुचिकित्सकको टोली खटाएर अनुगमन एवं परीक्षण गरिरहेको छ । 

तस्बिर : अमुल थापा/नयाँ पत्रिका