Skip This
एकै दिन बिवाइडीका १३२ युनिट इभी डेलिभरी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २० आइतबार o७:५५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एकै दिन बिवाइडीका १३२ युनिट इभी डेलिभरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार o७:५५:oo

इलेक्ट्रिक सवारीसाधन (इभी) निर्माता कम्पनी बिवाइडीले नेपालमा एकै दिन एक सय ३२ युनिट इभी डेलिभरी गरेको छ । नेपालीको महान् चाड दसैँ शुभारम्भको घटस्थापनाका अवसरमा कम्पनीले एक सय ३२ युनिट इभी डेलिभरी गरेको हो । 

बिवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले देशभर रहेका डिलर नेटवर्कमार्फत सो उपलब्धि हासिल गरेको जनाएको छ । अत्याधुनिक प्रविधि, उत्कृष्ट कार्यक्षमता र दिगो मोबिलिटी समाधानका साथ नेपालको इलेक्ट्रिक भेइकल बजारमा बढ्दो प्रभाव कायम गर्दै बिवाइडीले आफूलाई इभी बजारको नेतृत्वकर्ता कायम गरेको छ ।     

साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतमले भने, ‘एकै दिन एक सय ३२ इभी डेलिभरी गर्न पाउनु हाम्रा लागि गर्वको दिन हो । यसले बिवाइडीका इलेक्ट्रिक गाडीप्रति नेपाली ग्राहकको बढ्दो विश्वासलाई प्रतिबिम्बित गर्छ भने बेस्ट इन क्लास सर्भिस उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई समेत दर्साउँछ ।’