Skip This
अवैध रूपमा नदी उत्खनन गर्ने ट्याक्टर र जेसिबी नियन्त्रणमा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
२o८१ असोज २० आइतबार १o:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अवैध रूपमा नदी उत्खनन गर्ने ट्याक्टर र जेसिबी नियन्त्रणमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार १o:५१:oo

नवलपुरको बुलिङटारमा अवैध रूपमा नदी उत्खनन गर्ने जेसिबी र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुलिङटार गाउँपालिका– ६ फूलमती खोलामा नदीजन्य पदार्थ बालुवा उत्खनन गरिरहेको अवस्थामा स्थानीय र प्रहरीको संयुक्त टोलीले जेसिबी र ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए ।

ग.१त ५८५२ नम्बरको ट्याक्टर र बा.प्र  ००१ क ०४३४ नम्बरको जेसिबीलाई नियन्त्रणमा लिई प्रहरी चौकी बुलिङटारमा ल्याएर राखिएको र आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।