Skip This
खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २० आइतबार o७:१२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार o७:१२:oo

एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सिएसआर हेड विशाखालक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान गरेको ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ बाट सम्मानित भएकी छिन् । उनले ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर–टेलिकम’ विधाअन्तर्गत यो अवार्ड पाएकी हुन् ।

यो अवार्ड उनले सामाजिक क्षेत्रमा गरेका महत्वपूर्ण कार्य र ती कार्यको प्रभावका लागि दिइएको हो । एक जिम्मेवार कर्पोरेट नागरिक बनेर वर्षौँदेखि स्वास्थ्य, शिक्षा, वातावरण, विपत् प्रतिकार्य तथा पूर्वतयारीलगायतका क्षेत्रहरूमा गर्दै आएको प्रभावकारी सामाजिक पहलको एक प्रमाण भएको एनसेलले जनाएको छ ।

‘यो हाम्रो टिम एनसेलले गरेको सामूहिक प्रयासको नतिजा हो,’ खड्काले भनिन्, ‘एनसेल फाउन्डेसनको सुरुवातसँगै हामी सामाजिक पहलमार्फत समुदायमा सकारात्मक र दिगो परिवर्तन ल्याउन, सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याउन र दिगो विकास लक्ष्य प्राप्तिका लागि सरकारलाई सहयोग गर्ने हाम्रो यात्रालाई निरन्तरता दिन प्रतिबद्ध छौँ ।’