१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ५ शनिबार
  • Saturday, 21 September, 2024
२o८१ असोज ५ शनिबार १५:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

काउन्टरको विषयमा विवादपछि तरबार प्रहार हुँदा दुईजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ५ शनिबार १५:o५:oo

सल्यानको शारदा नगरपालिका १ श्रीनगरमा रहेको बसपार्कमा काउन्टरको विषयमा विवाद भएको छ। सल्यान रुकुम यातायात प्रालि र शारदा यातायात प्रालिबिच आ–आफ्नो काउन्टर अघि गाडी रोक्ने विषयमा शनिबार बिहान विवाद हुँदा एक पक्षले तरवार प्रहार गरेको छ । 

काउन्टर अगाडि गाडी रोक्ने विषयमा विवाद हुँदा शारदा यातायात प्रालिका इन्चार्ज सल्यान शारदा नगरपालिका १ का २५ वर्षीय शिव प्रसाद कुँवरले लुकाईछिपाई ल्याएको तरवार प्रहार गर्दा सल्यान रुकुम यातायात प्रालिका प्रशासकीय इन्चार्ज ४४ वर्षीय शालिकराम डाँगी घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। डाँगीले प्रतिकार गर्दा कुँवर पनि घाइते भएको प्रहरीको भनाइ छ।

 घाइते डाँगीको दाँया हातको पाखुरा र बाँया हातको हत्केलामा चोट लागेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिए। यस्तै कुँवरको टाउको र निधारमा चोट लागेको र शारदा मेट्रो अस्पतालमा उपचारपश्चात थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको उनले बताए।