१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ५ शनिबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ५ शनिबार १४:३९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

काठमाडौं महानगर प्रिक्वाटरफाइनलबाट बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ५ शनिबार १४:३९:oo

काठमाडौं महानगरपलिका केन्द्र दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको प्रि- क्वाटरफाइनलबाट बाहिरिएको छ। लैनचौर फुटसल मैदानमा शनिबार भएको खेलमा वडा नं ९ ले काठमाडौं महानगरपालिकालाई ७–१  ले हरायो।

विजयी टिमका सागर भट्टले ह्याट्रिक गरे। उनी नै  म्यान अफ दि म्याच बने।  अन्य गोल असिम लामिछाने, अर्जुन श्रेष्ठ, रोहन विक, अजय विक्रम अधिकारीको नाममा रह्यो । काठमाडौं महानगरपालिकाका लागि भुपदेवले सान्त्वना गोल गरे। 

अन्य खेलमा वडा नं ६ ले वडा नं ३ लाई २–०, वडा नं १६ ले वडा नं २० लाई ३–१ र वडा नं १४ ले वडा नं १० लाई २–० ले हराए । उपाधि रक्षा अभियानमा रहेको वडा नं १४ का लागि राजु बुढाथोकीले दुवै गोल गरे। राजु नै म्यान अफ दि म्याच घोषित भए । यसैगरी विनोद पुडासैनी र नामदुल सान्बो लामाको गोलले वडा नं ६ विजयी भयो।

वडा न ३ विरुद्धको खेलमा वडा ६ का दिपेश श्रेष्ठ उत्कृष्ट खेलाडी बने । यसैगरी वडा १६ लाई जित दिलाउन आयुष कुँवरले दुई तथा रविन निरौलाले एक गोल गरे। आयुष म्यान अफ दि म्याच पनि चुनिए।  वडा २० का ज्ञानेन्द्र मल्लले गरेको गोल सान्त्वना मात्र बनेको थियो ।