१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ५ शनिबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ५ शनिबार ११:४२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

‘इमेज सहकारीको रकम फिर्ता गर्छु, वातावरण तयार गरिदिनुस्’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ५ शनिबार ११:४२:oo

सहकारी अपचलन गरी फरार रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले हुलाकमार्फत संसदीय छानबिन विशेष समितिलाई पत्र पठाएर रकम फिर्ताका लागि वातावरण बनाइदिन आग्रह गरेका छन् ।

इमेज सहकारी कास्कीका संस्थापक अध्यक्षका रूपमा पठाएको पत्रमा सहकारीले एक अर्ब ८० करोड फिर्ता गर्न बाँकी रहेको उल्लेख गरेका छन् । आफूसँग तीन अर्बभन्दा बढीको मूल्यांकन हुन आउने चलअचल सम्पत्ति रहेको भन्दै बिक्री गरेर फिर्ता हुने वातावरण तयार गरिदिन आग्रह गरेका छन् ।

‘मलगायत मेरो परिवारका सदस्य, सहकारी सञ्चालक समितिका सदस्यलाई लगाइएको मुद्दा फिर्ता लिई मेरी श्रीमतीको नाममा रहेको सम्पूर्ण घर र जग्गाको स्वतन्त्र रूपमा बेचबिखन गर्न दिएर बैंक, बचतकर्ताको हिसाब मिलान गर्न, सार्वजनिक जीवनमा फर्किनका लागि सहजीकरण गरिदिनुहुन समितिसमक्ष विनम्र अनुरोध गर्दछु,’ उनले पत्रमार्फत भनेका छन् ।

पत्रमा आफू र श्रीमतीको नाममा रहेको घररजग्गाको कित्ता, लालपुर्जा, संघर्ष समितिसँग हालसम्म गरिएका लिखित सम्झौतापत्र, बचतकर्तालाई फिर्ता गर्नुपर्ने रकम, बैंकबाट लिएको ऋण, बैंकबाट रोक्का भएका कित्तासमेत समावेश गरिएको छ ।