१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ५ शनिबार
  • Saturday, 21 September, 2024
२o८१ असोज ५ शनिबार १३:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ग्यास बुलेटको ठक्करबाट घाइते साइकल यात्रीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ५ शनिबार १३:o३:oo

 हेटौँडामा शुक्रबार साँझ ग्यास बुलेटको ठक्करबाट घाइते भएका एकजना साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर सुडाल घरभई हाल हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ थाना भर्‍याङ बस्दै आएका ६० वर्षीय रमेश पाण्डे रहेका छन् ।

पाण्डेलाई पुर्व पश्चिम राजमार्ग आन्तर्गत हेटौँडा–१० स्थित राप्ती पुल निजिकै एनएल ०१ एल ९०२६ नम्बरको भारतीय ग्यास बुलेटले ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका पाण्डेलाई उपचारको लागि हेटौँडा अस्पताल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

पाण्डेलाई ठक्कर दिने ग्यास बुलेट र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।