१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ५ शनिबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ५ शनिबार ११:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जिबी–दीपेश कनेक्सन : डिभोर्स गर्न हेलिकोप्टर चढेर ओखलढुंगा, फूलबारी रिसोर्टमा पार्टी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ५ शनिबार ११:२८:oo

जिबी राई र उनकी पहिली श्रीमतीसँगको सम्बन्धविच्छेदमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका कान्छा छोरा दीपेश पुनको सम्बन्ध जोडिन्छ । ओखलढुंगामा पहिल्यै विवाहित राईले भगवती बम्जनसँग दोस्रो विवाह गरेका थिए ।

भगवतीलाई वैधानिक बनाउन जिबीले पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद गर्नुपरेको थियो । यसमा दीपेश पुनले सहयोग गरेका थिए । यसबापत जिबीले दीपेशको टोलीलाई पोखरास्थित फूलबारी रिसोर्टमा पार्टी दिएका थिए । 

‘जिबीको राजनीतिक हिमचिम माओवादीका डेपुटी कमान्डर नन्दबहादुर पुनका कान्छा छोरा दीपेशकुमार पुनसँग भयो । उनकै सहयोगमा जिबी राईले वातावरण बनाई पहिलो श्रीमतीसँग सम्बन्धविच्छेदको मुद्दा जिते । र, हेलिकोप्टर चढेर जिल्ला सदरमुकाम ओखलढुंगामा दीपेश–जिबी सँगै पुगेका थिए ।

त्यतिवेला ३० लाख रुपैयाँ दिएर जेठी श्रीमतीलाई सम्बन्धविच्छेद गरेको भन्ने हल्ला भए पनि १५ लाख पनि पूरा नदिएको जिबी राईको पहिलो श्रीमतीले बताउँदै आएकी छिन् । उक्त मुद्दा जिताएवापत ‘बक्सिस’का रूपमा जिबीले दीपेशहरूको टोलीलाई पोखरास्थित फूलबारी रिसोर्टमा पार्टी दिएका थिए ।

१० लाख रुपैयाँ खर्चको सीमा दिइएको उक्त ‘पार्टी’मा चार लाख ९० हजार रुपैयाँ खर्च भएको थियो,’ प्रतिवेदनमा भनिएको छ । समितिले पुनसँग समेत बयान लिएको थियो ।