१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ५ शनिबार
  • Saturday, 21 September, 2024
२o८१ असोज ५ शनिबार १४:३४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दसैंलक्षित अग्रिम टिकट खुलाउने तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ५ शनिबार १४:३४:oo

दसैं, तिहार तथा छठपर्वलाई लक्षित गरि सार्वजनिक यातायातको अग्रिम टिकट छिट्टै खुल्ने भएको छ। शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलले यातायात व्यवस्था विभाग तथा यातायात व्यवसायीहरुबिच सो निर्णय गरेको हो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अग्रसरतामा भएको छलफलमा सडक विभागअन्तर्गतका सबै सडकहरु घटस्थापनाअघिनै  मर्मतसम्हार गरि यातायात सुचारु गर्न सडक विभागलाई निर्देशन दिने निर्णय भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजयबहादुर स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, महासचिव डेगनाथ गौतम लगायतका प्रतिनिधीहरु सहभागी छलफलले विपी राजमार्गमा सडक सुरक्षाका लागि पूर्व निर्धारित प्रकारका सवारी साधन मात्र चलाउन एवं रात्री सवारी सञ्चालन नगर्ने विषय प्रभावकारी रुपमा लागु गर्न गृह मन्त्रालय/ नेपाल प्रहरीमा आग्रह गर्नेसमेत निर्णय भएको छ । यस विषयमा यातायात व्यवस्था विभागबाट अनुगमन गरि मन्त्रालयमा रिपोटिङ गर्नुपर्ने छ । 

यस्तै यात्रुहरुको यात्रा सुनिश्चित एवं सुरक्षित गर्न यातायात व्यवस्था विभागसँग छलफल गरि शिघ्र अग्रिम टिकट बुकिङ खुल्ला गर्ने, यात्रा सुरक्षित र सहज बनाउन यान्त्रिक परीक्षण गरि सम्बन्धित बसपार्कबाट गन्तव्य स्थलतर्फ जाने गरि व्यवस्थित गर्ने पनि निर्णय भएको छ ।

इन्धनको मुल्य पाँच प्रतिशतभन्दा बढि घटबढ हुँदा गरिने गरिएको वैज्ञानिक भाडा समायोजन विगत एक वर्षदेखि तथा इन्धनको मुल्य बाहेकको अन्य कारणले गर्नुपर्ने समायोजन विगत तीन वर्षदेखि नभएको सन्दर्भमा आवश्यक तयारी गरि छठ पर्वपछिको हप्तामा उक्त भाडादर समायोजन गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने भनिएको छ । 

यातायाता सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयनको विषयमा तत्काल गर्न सकिने विषयहरुको सम्बाेधन गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने एवं अन्य निकायसँग सम्वन्धित सुझावहरु कार्यान्वयनका लागि सम्वन्धित सुझावहरु कायान्वयनका लागि सम्वन्धित निकायहरुमा अनुरोध गर्ने छलफलले निर्णय गरेको छ ।

यातायात व्यवस्थापनसँग सम्वन्धि अदालतबाट भएका आदेश र फैसला कार्यान्वयनका लागि एक महिनाभित्र कार्ययोजना तयार गरि पेश गर्न सोहि छलफलले यातायात व्यवस्था विभागलाई निर्देशन दिएको छ ।