युएईसँगको तीन एकदिवसीय क्रिकेट शृंखलाको पहिलो एकदिवसीयमा नेपाल दुई सय ६४ रनको लक्ष्य पछ्याइरहेको छ ।
त्रिवि खेलमैदानमा जारी खेलमा टस जितेर नेपालले पहिले युएईलाई ब्याटिङमा बोलाएको थियो । युएईले ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय ६३ रन बनाएपछि नेपाल दुई सय ६४ रनको लक्ष्य पछ्याइरहेको हो ।
लक्ष्य पछ्याएको नेपालको सुखद सुरुवात भने हुन सकेको छैन । ताजा अवस्थामा नेपालले तीन विकेट गुमाइसकेको छ । ओपनर आसिफ शेख, ज्ञानेन्द्र कार्की र कप्तान रोहित पौडेल सस्तैमा आउट भए ।
अहिले क्रिजमा पहिलो एकदिवसीय खेलिरहेका ओपनर अर्जुन साउद र हरिशंकर साह छन् । ताजा अवस्थामा नेपालले ११ ओभरमा तीन विकेट गुमाएर ३९ रन बनाएको छ ।