ओलीको कटाक्ष– साझा सरकार बनाउँछौँ भन्नेले जनता अलमल्याउने घोषणापत्र ल्याए

शनिबार, २६ कार्तिक, २०७९
डिजिटल संस्करण
ओलीको कटाक्ष– साझा सरकार बनाउँछौँ भन्नेले जनता अलमल्याउने घोषणापत्र ल्याए

फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि एमालेले एकल सरकार बनाउने दाबी गरेका छन्। अत्तरियामा पार्टीको चुनावीसभालाई सम्बोधन गर्दै उनले एकल सरकार बनाउन सक्ने एमालेबाहेक अर्को शक्ति नेपालमा नरहेको बताएका हुन्।

सत्तारुढ गठबन्धनले जनता झुक्याउन घोषणापत्र ल्याएको ओलीको आरोप छ। चुनावपछि साझा सरकार बनाउने दाबी गर्ने गठबन्धनले साझा कार्यक्रम ल्याउन नसकेको भन्दै उनले कटाक्ष गरेका हुन्।

‘चुनावपछि गठबन्धनले जित्ने अरे! गठबन्धनले जितेपछि कसको कार्यक्रम लागू गर्ने ? आफ्नो आफ्नो घोषणापत्र छ, आफ्नो आफ्नो कार्यक्रम छ। यो घोषणापत्र लागू गर्न जारी गरिएकै होइन। यो घोषणापत्र जनता अलमल्याउन जारी गरिएको हो,’ उनले भने।

अध्यक्ष ओलीले माधव नेपालको पार्टीलाई पानीमा भिजाएको खरानीको डल्लोसँग तुलना गर्दै निर्वाचनपछि सकिएर जाने दाबी गरे।

सुझावित समाचार