काठमाडौं १ का मतदाताको घाउ निको पार्न मैले जित्नैपर्छ : किरण पौडेल

शनिबार, २६ कार्तिक, २०७९
डिजिटल संस्करण

नेकपा एमालेका नेता किरण पौडेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का जनताको हरेक समस्या समाधान गर्न नेकपा एमालेले जित्नैपर्ने बताएका छन्। शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को घरदैलो कार्यक्रममा उनले आफू विजयी भएपछि यस क्षेत्रका जनताको समस्या समाधान गर्न तल्लिन रहने आश्वासन दिए।

अहिलेका जनप्रतिनिधिहरु पाँच वर्षसम्म के गर्दैछन्, कसका निम्ति हिँड्दैछन् भन्नेकुराको महशुससमेत जनताले गर्न नपाएको भन्दै उनले आगामी दिनमा आफूले जितेपछि हरेक बिहान निर्वाचन क्षेत्रका जनताको गुनासो सुन्ने र समस्या समाधान गर्ने बताए।

नेता पौडेलले आफ्नो जितसँगै काठमाडौं १ का मतदाताहरुको चर्किरहेको घाउलाई निको पारेर जनताका चासो, सरोकारका विषयमा प्रत्यक्ष जोडिएर समाधान गर्ने बताए। ‘यो क्षेत्रका जनताले आफ्नो प्रतिनिधि कोही भएको महशुस गरिरहनुभएको छैन । आफूले निर्वाचित गरेर पठाएको जनप्रतिनिधि कहाँ छन्? के गर्दैछन्? कसका निम्ति हिँड्दैछन्? भन्ने कुरा यहाँका मतदाताहरुले अनुभव गरिरहनुभएको छ,’ उनले भने।
 

सुझावित समाचार