बुल्गेरियाको राजधानीमा एक व्यक्तिको गोली हानी हत्या

शुक्रबार, २५ कार्तिक, २०७९
डिजिटल संस्करण

बुल्गेरियाको राजधानीको मध्यभागमा शुक्रबार एक व्यक्तिको गोली हानी हत्या भएको देशको आन्तरिक मन्त्रालयले जनाएको छ।

सोफियाको एक बजारमा ४१ वर्षीय व्यक्तिको टाउकोमा गोली प्रहार गरिएको र अस्पताल लैजाँदै गर्दा बाटोमा उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

गोली प्रहार गर्ने ६२ वर्षीय  व्यक्तिलाई घटनास्थलबाटै पक्राउ गरिएको बताइएको छ। घटनाबारे छानबिन भइरहेको छ ।

सुझावित समाचार