राजेन्द्र लिङ्देनको नेतृत्वबाट प्रभावित भएँ : अभिनेत्री कोइराला

शुक्रबार, २५ कार्तिक, २०७९
डिजिटल संस्करण

अभिनेत्री मनीषा कोइरालाले आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विजयी गराउन आममतदातालाई आह्वान गरेकी छिन्। 

शुक्रबार काठमाडौंमा आयोजित राप्रपाको चुनावी सभामा बोल्दै उनले राजेन्द्र लिङ्देनको नेतृत्वबाट आफू प्रभावित भएकाले राप्रपाका उम्मेदवारलाई रोजेको उनले स्पष्ट पारिन्। 

भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह रहेको कुरा लिङ्देनले भनेपछि आफू त्यसको पक्षमा मनैदेखि उभिएको उनले बताइन्। 

अभिनेत्री कोइरालाले बिपीको विचारलाई पनि लिङ्देनले आत्मासात् गरेकोमा आफूलाई गर्वबोध भएको बताइन्। जनताको आवाजलाई संसदमा बलियो बनाउन पनि राप्रपाका उम्मेदवारले जित्नुपर्ने उनको तर्क थियो। 

‘आज म यहाँ उभिएकी छु– राजेन्द्रजीको मुख हेरेर । उहाँको भाषण सुनेर । उहाँले जब भन्नुभएको थियो नि–भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो । त्यो कुरा सुनेर नेपालले असल नेतृत्व पायो भनेर मलाई मनबाटै लाग्यो । त्यसैले म आज यहाँ उभिएको छु,’ उनले भनिन् ।

सुझावित समाचार