उधारो आश्वासनले थिलथिलिएका सडक (फोटोफचर)

बिहिबार, २४ कार्तिक, २०७९
डिजिटल संस्करण

मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि उम्मेदवारहरू यतिवेला घरदैलोमा व्यस्त छन् । चाहे काठमाडौं उपत्यका होस् चाहे जिल्लाजिल्ला ।  सबैतिर चुनावी माहोल तातिएको छ । उनीहरू सडक, विद्युत्, खानेपानी स्वास्थ्य, शिक्षालगायतका नारा बोकेर मतदातासामु पुगेका छन् । दूरदराजको त परको कुरा, काठमाडौं उपत्यकाभित्र रहेका करिडोर आसपासका केही सडकखण्डको स्थिति त्यस्तै छ ।

अव्यवस्थित कार्यशैलीले कतै ढल निकास भएका ठाउँहरू भत्किएर ढल सडकबाटै बगेका छन् त कतै ढल निकास हुने ठाउँवरिपरि ठूलाठूला खाल्डा परेका छन्। यी सडकलाई चुनावी तामझामले छोएको छैन । उधारो आश्वासनले थिचिएर थिलथिलो बनेका छन् । 

ढलको अवस्था यस्तो हुँदा सडक दुर्घटनाको जोखिम बढिरहेको छ ।  सवारीसाधनको जाम उस्तै छ ।  रात्रि समयमा सवारीसाधन पास हुन झन् गाह्रो हुने समस्या पनि भएको  व्यवसायी मिलन कार्की गुनासो गर्छन् । हाताहाती भोट र उधारो आश्वासनले विरूप काठमाडौंका सडकको केही दृश्य :

See More On

सुझावित समाचार