एनआइसी एसिया क्यापिटलले लाभांशलाई पुनः लगानी गरिदिने

बुधबार, २३ कार्तिक, २०७९
डिजिटल संस्करण

 एनआइसी एसिया क्यापिटलले खुलामुखी योजना एनआइसी एसिया डाइनामिक डेप्ट फन्डबाट वितरण गरिने प्रतिफललाई पुनः लगानी गर्न मिल्ने योजना ल्याएको छ । कम्पनीले ‘डिभिडेन्ड रि–इन्भेस्टमेस्ट’ प्लान सञ्चालनमा ल्याएको हो ।

 योजनामा सहभागी हुनका लागि अनलाइनमार्फत आवेदन गरेमा उक्त प्रतिफल रकमबराबरको इकाइ सम्बन्धित इकाइधनीको हितग्राही खातामा पठाइदिने व्यवस्था मिलाएको क्यापिटलले जनाएको छ । यसका लागि कात्तिक ३० सम्म आवेदन दिने इकाइधनीहरू मात्र योग्य हुने कम्पनीको भनाइ छ । 

एनआइसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित पहिलो खुलामुखी योजना ‘एनआइसी एसिया डाइनामिक डेप्ट फन्ड’ले इकाइधनीलाई आव ०७८/७९ मा करसहित ६ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो । प्रतिफल वितरण गर्नका लागि कात्तिक १५ गते इकाइधनी दर्ता किताब बन्द गरिएको थियो ।

सुझावित समाचार