गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्य बर्खास्तीमा परेका छन् । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार आचार्यलाई बर्खास्त गरेका हुन् ।
०७४ सालको निर्वाचनमा तत्कालीन नयाँ शक्ति पार्टीबाट गोर्खा २ ‘ख’मा प्रत्यक्षतर्फ निर्वाचित आचार्य २९ जेठ ०७८ मा मन्त्री नियुक्त भएका थिए । मंगलबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधान ०७२ को धारा १६८ को उपधारा (९)बमोजिम मौजुदा मन्त्रिपरिषद् मुख्यमन्त्रीको सिफारिसमा जिम्मेवारी हेरफेर गरेका छन् ।
बर्खास्तीमा परेका आचार्यले गठबन्धनविरुद्ध मत मागेको आरोपमा आफूलाई मन्त्रीबाट निकालिएको प्रतिक्रिया दिए । ‘मलाई गठबन्धनविरुद्ध मत मागेको भन्ने आरोप छ । गठबन्धनविरुद्ध मत मागेको एउटा मात्र प्रमाण देखाउन म गठबन्धनका नेतालाई ठाडो चुनौती दिन्छु,’ उनले नयाँ पत्रिकासँग भने, ‘निर्वाचन आचारसंहिता लागू भएपछि नियुक्ति वा बर्खास्त गर्न पाइँदैन । मेरो बर्खास्ती सरासर कानुनविपरीत छ ।’
उनले आफूलाई बर्खास्त गरेर सत्तागठबन्धनले आफ्नो खुट्टामा आफैँले बन्चरो प्रहार गरेको टिप्पणी गरेका छन् । ४ मंसिरको निर्वाचनमा पार्टीले उम्मेदवार नबनाएपछि असन्तुष्ट रहेका आचार्यले स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यसवेला उनले एमालेसँग सहयोगसमेत मागेका थिए । सहयोग नपाएपछि उनले उम्मेदवारी फिर्ता लिएका थिए ।
गण्डकीका मन्त्री आचार्य बर्खास्त
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
१ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
१ हप्ता अघि
सुझावित समाचार
सुर्खेतकाे विभिन्न स्थानबाट लुकाईछिपाई राखिएका १८ नाल भरुवा बन्दुक फेला
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जिल्लाका विभिन्न स्थानबाट १८ नाल भरुवा बन्दुक फेला पारेको छ । प्रहरीले विशेष सूचनाका आ…
एआइजी दाहाललाई सेवाबाट हटाइयो
काठमाडौं/ आचरण र अनुशासनसम्बन्धी कुरा बारम्बार उल्लंघन गरेको अभियोगमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज द…
९३.८८% मतसहित कांग्रेस सभापतिमा गगन थापा विजयी
थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा विजयी भए
खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ
काठमाडौं । इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ परेकी छिन्। केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ल…
शुक्रबार १० बजेसम्मका प्रमुख १० खबर
एआइजी दाहाललाई सेवाबाट हटाउने निर्णय आचरणको गम्भीर उल्लंघन गरेको अभियोगमा गृह मन्त्रालयले सशस्त्र प्रहरीका एआइजी वंशीराज दाह…
दोलखामा वर्षौँदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
दोलखा । दोलखामा वर्षौँदेखि अलपत्र परेका विकास निर्माणका आयोजना अघि नबढाउने २२ निर्माण व्यवसायीका ठेक्का सम्झौता तोडिएको छ। …