चुनावी वातावरण बिथोल्न सक्ने देखिएपछि २९ हजार लिटर घरेलु मदिरा नष्ट

सोमबार, २१ कार्तिक, २०७९
डिजिटल संस्करण

निर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरण रोक्ने अभियानमा रहेको नेपाल प्रहरीले झन्डै २९ हजार लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । नष्ट गरिएकोमध्ये १६ हजार पाँच सय ३० लिटर कच्चा पदार्थ र १२ हजार तीन सय ५३ लिटर तयारी मदिरा छ । 
प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले कच्चा पदार्थ र तयारीसहित २८ हजार आठ सय ८३ लिटर घरेलु मदिरा नष्ट गरिएको जानकारी दिए । काठमाडौंका काँठ र बौद्ध क्षेत्रबाट धेरै घरेलु मदिरा बरामद भएको प्रहरीले जनाएको छ । 

मदिराले निर्वाचनको वातारणसमेत बिथोल्न सक्ने देखिएपछि कारबाहीमा उत्रिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनले भने, ‘ठूलो मात्रामा घरेलु मदिरा नष्ट गरिएका छन् । मापसे गरी सवारी दुर्घटना भएको भेटियो । झैझगडा गरी समाजमा अशान्ति मच्चाउने, घरेलु हिंसा गर्ने र आफन्तलाई समेत धारिलो हतियार प्रहार गरी ज्यान लिनेसम्मका घटना भएका पाइयो । त्यसो हुँदा घरेलु मदिरा नियन्त्रणमा प्रहरी उत्रिनुपर्यो । यो अभियान अझ कडा परिनेछ ।’

सुझावित समाचार