राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष पशुपतिशमशेर राणाले रुपन्देहीको क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाणलाई पदीय दुरुपयोग नगर्न आग्रह गरेका छन्।
राप्रपाका वरिष्ठ नेता दीपक बोहोराको प्रचारप्रसारका लागि भैरहवा आएका राणाले निर्वाचनमा गृहमन्त्रीले पदीय दुरुपयोग नगरे राप्रपाको जित निश्चित भइसकेको दाबी गरे।
उनले राप्रपाका सदस्यहरूलाई इमानदार बन्न पनि आग्रह गरे। ‘कांग्रेसले प्रहरी प्रशासनको दुरुपयोग गरेको भन्ने सूचना आएको छ। म उहाँलाई चेतावनी दिन चाहन्छु, राज्यशक्तिको दुरुपयोग नहोस्,’ उनले भने, ‘मंसिर ४ पछि यो सरकार रहँदैन। तपाईंहरू ढुक्क हुनुहोस्। हामीले एमालेका नेता केपी ओलीलाई प्रधानमन्त्री चुनिसकेका छौँ। रुपन्देहीलाई गृहमन्त्री नै चाहिएको हो भने निर्वाचनमा मत दिनुस्। दीपक बोहोरालाई गृहमन्त्री बनाएर पठाउँछौँ।’