लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार प्रकाश नायजूले आफ्नो उमेदवारी निष्क्रिय पारेका छन्।
काठमाडौं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार न्यायजुले आफ्नो उम्मदवारी निष्क्रिय पार्दै कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई समर्थन गर्ने भएका हुन्।
साेमबार एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर प्रकाशमानलाई समर्थन गर्ने बताएका छन्। पछिल्लो समय लोसपा नेपालले सत्तागठबन्धनसँग चुनावी तालमेल गरेकाे छ।