मधेश प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले गरिबी र बेरोजगारीको समस्याले जकडिएको सप्तरीमा त्यसविरुद्ध लड्न सक्ने नेतृत्वको आवश्यकता रहेको बताएका छन्।
आइतबार सप्तरीको क्षेत्र नम्बर १ अन्तर्गत महादेवपट्टिमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उक्त क्षेत्रमा जसपाका तर्फबाट प्रतिनिधिसभाका प्रत्यासीसमेत रहेका साहले कतिपयले आफ्नो पार्टीलाई जातीयतासँग जोडेर अनर्गल प्रचार गरिरहेको भन्दै त्यसप्रति सचेत रहन मतदातालाई आग्रह गरे।
कार्यक्रममा जसपाका तर्फबाट राष्ट्रिय सभा सदस्य रहेका मौलाना अब्दुल सिद्धिकीले एमालेसँग आफ्नो पार्टीले गरेको चुनावी समीकरणलाई नकारात्मक टिप्पणी गर्नेहरूले आफूहरूको गठबन्धनका बारेमा पनि मूल्यांकन गर्नुपर्ने टिप्पणी गरे।