भक्तपुरमा भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

आइतबार, २० कार्तिक, २०७९
डिजिटल संस्करण

भक्तपुर मध्यपुर ठिमी नगरपालिका– १ लोकन्थली चोकमा भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गट्ठाघर बस्दै आएका सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका– २ का २७ वर्षीय पुण्यबहादुर बोहरा रहेका प्रहरीले जनाएको छ।

प्रदेश ३–०२–०१२ प ६३३५ नम्बरको मोटरसाइकलचालक उनी सडकको रेलिङमा शनिबार राति ठोक्किएका थिए। घाइते भएका बोहरालाई उपचारका लागि नागरिक अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

सुझावित समाचार