बाल यौन दुरुपयोग गरेको अभियोगमा एक व्यक्ति पक्राउ

आइतबार, २० कार्तिक, २०७९
डिजिटल संस्करण

१५ वर्षीया बालिकालाई यौन दुरुपयोग गरेको अभियोगमा प्रहरीले ओखलढुंगा सुनकोसी गाउँपालिका– ८ का २१ वर्षीय यसु श्रेष्ठ भनिने इन्द्रबहादुर श्रेष्ठलाई  पक्राउ गरेको छ।

श्रेष्ठले बालिकलाई बिहीबार साँझ यौन दुरुपयोग गरेको प्रहरीको भनाइ छ। पीडितको जाहेरीपछि प्रहरीले उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो। घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार