नयाँ बजारबाट १० जुवाडे पक्राउ

आइतबार, २० कार्तिक, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिका– ६ नयाँबजार गीताञ्जली चोकबाट जुवातास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ। राजेश श्रेष्ठको घरमा जुवातास खेलिरहेका नागार्जुन नगरपालिका– १ का ४३ वर्षीय रोशन ठकुरीसहित १० जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो।

जुवा खेलिरहेको सूचनापछि प्रहरीले श्रेष्ठको घरमा शनिबार साँझ छापा मारेको थियो। सोही क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरी वृत्त लैनचौरले जनाएको छ।

जुवाको खालबाट प्रहरीले दुई लाख ४२ हजार रुपैयाँ, १६ थान कौडा र मोबाइल बरामद गरेको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

सुझावित समाचार