सेनाको हेलिकोप्टरबाट मतपत्र हुम्ला ल्याइयाे

शनिबार, १९ कार्तिक, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हेलिकोप्टरबाट मतपत्र हुम्ला ल्याइएको छ । शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट मतपत्र हुम्ला ल्याइएको हो ।

निर्वाचनका लागि १ सय ५० कार्टुनमा प्याक गरेर १ लाख ५० मतपत्र हुम्ला आइसकेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निर्वाचन अधिकारी श्याम बहादुर रानाले जानकारी दिए ।

यसैगरी मतदान केन्द्रमा आवश्यक पर्ने ५८ किसिमका सामग्री पनि हुम्ला आइसकेको निर्वाचन अधिकारी रानाले बताए ।

सुझावित समाचार