भुसालको टिप्पणी- एमालेमा उम्रेको ओली प्रवृति ‘वनमारा झार’

शुक्रबार, १८ कार्तिक, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभाका लागि रुपन्देही–१ बाट चुनावी मैदानमा उत्रिएका बौद्धिक नेता घनश्याम भुसालले एमालेमा ओलीको संरचना अलग रहेको बताएका छन्। 

शुक्रबार आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियानलाई सम्बोधन गर्दै भुसालले एमालेमा अध्यक्ष ओलीर आफूबीच चुलिएको अस्तुष्टिबारे व्याख्या गरे। 

उनले भने, ‘पन्चहरूले एमालेको चिह्न लिएर लड्दा एमाले निर्माण गरेकाहरुले अध्यक्ष केपी ओलीसँग माफी माग्नुपर्ने भएपछि अब बस्न सकिँदैन, अब पनि बस्नु भनेको बालुवा पेलेर तेल निकाल्नु हो है, भनेर एमाले छाडेँ।’

नेता भुसालले एमालेमा उम्रेको ‘बनमारा झार’ ले देशको संवैधानिक फूलहरुको बगैंचामाथि आक्रमण गरेको भनी उनले टिप्पणी गरे। भुसालले भने, ‘मेराविरुद्धमा ओली र उहाँका मान्छे अलि बढ्ता लाग्नु भएको छ, एमालेले भन्दिन् म, एमाले अर्कै हो, ओलिजी अर्कै हो, ओलिजीका मान्छेहरु अर्कै हुनजस्तो लाग्छ’ मेरो विचारमा त्यस्तो लाग्छ,। 

भुसालले एमालेमा रहेका अधिकांश नेता कार्यकर्ताहरू इमान्दार रहेपनि नेतृत्वले गलत गरेको तर्क गरे। ओलीले एमालेको पार्टी प्रणाली मात्रै नभएर लोकतन्त्र र देशको संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको धारणा पनि राखे।

भेटघाट कार्यक्रममा बोल्दै कांग्रेसका नेता एवं क्षेत्र नं. १ (ख) का उम्मेदवार अब्दुल रज्जाकले गठबन्धनबाट नै विकास र समृद्धि सम्भव भएको दाबी गरे। 

त्यसैगरी रुपन्देही १ (क) का उम्मेदवार विश्वनाथ यादवले आफुहरू धेरै नबोल्ने तर बोलेजति काम गरेर देखाउने भन्दै गठबन्धनलाई विजयी गराउन अनुरोध गरे।

क्षेत्रका ३३ वटै वडामा संयुक्त कार्यालय उद्घाटन गरिसकेको गठबन्धनले आइतबारबाट औपचारिक रूपमा घरदैलो कार्यक्रम सुरु गर्ने निर्वाचन परिचालन कमिटीका संयोजक हिराबहादुर खत्रीले जानकारी दिए।
 

सुझावित समाचार