सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

शुक्रबार, १८ कार्तिक, २०७९
डिजिटल संस्करण

काठमाडौं जिल्ला अदालतले नाबालिगमाथि बलात्कारका अभियुक्त क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । 

शुक्रबार भएको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद घिमिरेले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । उनलाई केन्द्रीय कारागार जगन्नाथ देवलमा पठाउन आदेश भएको छ । 

सुझावित समाचार