स्थिरता र आर्थिक विकासका लागि गठबन्धनलाई मत : नेता सिंह

शुक्रबार, १८ कार्तिक, २०७९
डिजिटल संस्करण

कांग्रेस नेता तथा काठमाडौं क्षेत्र नम्बर १ मा सत्तागठबन्धनका साझा उम्मेदवार प्रकाशमान सिंहले संविधानकाे रक्षा गर्नका लागि बनेको सत्तागठबन्धनलाई मंसिर ४ को चुनावमा मत दिनुपर्ने बताएका छन्।

काठमाडौंमा आज बिहान भएको कार्यक्रममा बोल्दै नेता सिंहले संविधानकाे रक्षा, राजनीतिक स्थिरता र आर्थिक विकासका लागि सत्तागठबन्धनका उम्मेदवारलाई मत दिएर जिताउन आग्रह गरेका छन् ।

‘आर्थिक विकासको तीव्र इच्छा र आकांक्षा सबैमा छ। यो पूरा गर्न मंसिर ४ मा सत्तागठबन्धनका उम्मेदवारलाई मत दिनुहोस्,’ उनले भने, ‘शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन पनि अहिलेको गठबन्धन आवश्यक छ।’ संविधानकाे रक्षा र शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन लोकतान्त्रिक-वाम गठबन्धनको आवश्यकता रहेको उनले बताए।

सुझावित समाचार