उदयपुरबाट लागुऔषधसहित तीनजना पक्राउ

बिहिबार, १७ कार्तिक, २०७९
डिजिटल संस्करण

उदयपुरबाट लागुऔषधसहित तीनजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारका अनुसार विभिन्न तीन स्थानबाट उनीहरू पक्राउ परेका हुन्।

पोदारका अनुसार पक्राउ पर्नेमा त्रियुगा नगरपालिका– १० का ३४ वर्षीय विकास राई, त्रियुगा– ११ का ३५ वर्षीय राजकुमार राई र त्रियुगा– १३ जोगीपोखरीका २४ वर्षीय आइस अधिकारी रहेका छन्। राईद्वयको साथबाट डाइजेपाम १४ एम्पुल, बुप्रिनोर्फिन १४ एम्पुल र फेनार्गन १४ एम्पुलसमेत गरी ४२ एम्पुल लागुऔषध बरामद भएको छ।

यसैगरी, अधिकारीको साथबाट लुकाइछिपाई राखेको डाइजेपाम पाँच एम्पुल, लुपिजेसिक ६ एम्पुल, डाइजेल्याव नाै एम्पुल, बुप्रिनोर्फिन नाै एम्पुल, फेनारगन १० एम्पुलसमेत गरी जम्मा ३९ एम्पुल लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।

See More On

सुझावित समाचार