३ प्रश्न

बिहिबार, १७ कार्तिक, २०७९
डिजिटल संस्करण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फरार अभियुक्त भाग्नुलाई गृह मन्त्रालयले कसरी नियालिरहेको छ ?
यस्ता घटनाप्रति हामी गम्भीर छौँ । जतिसुकै गम्भीर हुँदा पनि यस्ता घटना त वेलाबखत भई नै हाल्छन् । मुख्य कुरा, हामीले दोषीलाई कारबाही गर्दै आएका छौँ । भविष्यमा यस्ता घटना दोहोरिन नदिन गृह मन्त्रालय संवेदनशील छ ।  

दोषी कर्मचारीमाथि कारबाही नहुँदा यस्ता घटना दोहोरिएका हुन् कि ? 
हामीले त्रुटि गर्ने कर्मचारीलाई पनि कारबाही पनि गर्दै आएका छौँ । यस्ता घटनाबारे छानबिन गर्न पटकपटक छानबिन समिति बनेका छन् । अध्यागमनका केही कर्मचारीलाई विभागमा तानेर पनि छानबिन गरेका छौँ । हामी मात्र होइन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि कारबाही गर्दै आएको छ । त्यहाँ विभिन्न एजेन्सीहरू छन् । तर, गृह मन्त्रालयले आफू मातहतका निकायबाट गल्ती भएको अवस्थामा दोषी कर्मचारीलाई उन्मुक्ति दिएको छैन ।  

विमानस्थलको सुरक्षा बलियो बनाउने गृह  मन्त्रालयको योजना के छ ? 
विमानस्थलको सुरक्षामा हामीले कुनै सम्झौता गरेका छैनौँ । त्यहाँ नेपाली प्रहरीका डिआइजीको कमान्डमा प्रहरी खटिएको छ । एकै स्थानमा धेरै एजेन्सी हुँदा कोही न कोहीबाट लापरबाही हुनसक्छ, त्यसमा हामीले सच्याएर अघि बढेका छौँ । भविष्यमा पनि त्रुटिहरू सच्याउँदै विमानस्थलको सुरक्षालाई बलियो बनाउँदै लैजान हामी प्रतिबद्ध छौँ । 

सुझावित समाचार