अहिलेसम्म ७१ जनालाई स्पष्टीकरण, अघि बढ्याे कारबाही प्रक्रिया

बुधबार, १६ कार्तिक, २०७९
डिजिटल संस्करण

निर्वाचन आयोगले अहिलेसम्म ७१ जनालाई स्पष्टीकरण सोधेको छ। मंसिर ४ मा हुने प्रनिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि विभिन्न जिल्लाबाट उम्मेदवारी दिएका उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधेको हो। 

बुधबार आयोगको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले हालसम्म ७१ जनालाई स्पष्टीकरण सोधेको जानकारी गराएका हुन्। आयोगले स्पष्टीकरण छानबिन गरेर तथ्य र प्रमाण पुगेको ठाउँमा कारबाही प्रक्रिया अघि बढाइसकेको बताए।  

उनले भने, ‘आचारसंहिता उल्लंघनमा उम्मेदवारले मलाई थाहा छैन, स्वतस्फुर्त रूपमा आएको भनेर पन्छिन पाइँदैन। यसका तीनवटा चरण छन्। स्पष्टीकरण चित्त नबुझे कारबाही हुन सक्छ। स्पष्टीकरण चित्त बुझे सचेत गराएर छोड्न सकिन्छ। दण्ड–जरिवाना पनि हुन्छ।  अन्तिममा उम्मेदवारी खारेजी हो।’  

सुझावित समाचार