निर्वाचन आयोगले उम्मेदवारहरूको चुनावी खर्चको परीक्षण मान्यताप्राप्त लेखापरीक्षकबाट गराउने भएको छ । आयोग मुख्यालयमा गरिएको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कानुनी व्यवस्थालाई व्यावहारिक कार्यान्वयनका निम्ति यसपटकबाट लेखापरीक्षण गर्न लागिएको जानकारी दिए ।
उनले भने, ‘निर्वाचन आयोगले उम्मेदवारको चुनावी खर्चलाई अब दर्ता भएका लेखापरीक्षकबाट परीक्षण गराउनेछ । आयोगले तोकेको फर्म्याटभित्र रहेर उम्मेदवारको खर्च लेखापरीक्षकले जाँचबुझ गर्नेछन् ।’