ओलीले गरे त्रिपुरेश्वरस्थित महादेव मन्दिरको दर्शन

बुधबार, १६ कार्तिक, २०७९
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले त्रिपुरेश्वरस्थित महादेव मन्दिरको दर्शन गरेका छन् । बुधबार बिहान अध्यक्ष ओलीले त्रिपुरेश्वरस्थित महादेव मन्दिरको दर्शन गरेका हुन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी प्रचारप्रसार कार्यक्रममा सहभागी हुनुपूर्व अध्यक्ष ओलीले महादेव मन्दिरको दर्शन गरेका छन् । नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार किरण पौडेलले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिँदै काठमाडौंका धार्मिक र सांस्कृतिक सम्पदाहरूको संरक्षणलाई चुनावी एजेन्डा बनाएसँगै ओलीले संस्कृति सम्पदाको अवलोकन एवं दर्शनका लागि त्रिपुरेश्वर महादेव मन्दिर पुगेको जानकारी  दिए । 

सुझावित समाचार