नेकपा एमालेले पाँच वर्ष गर्ने २० कामको ग्यारेन्टी गर्दै घोषणापत्र सार्वजनिक गरेको छ। झन्डै २० हजार शब्द रहेको घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपाल : सुखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिँदै २० काम गर्ने ग्यारेन्टी गरिएको छ।
जसमा सबैलाई काम र नियमित कमाइको सुनिश्चितता, स्वदेशी उत्पादन र उपभोगका लागि अभियान, प्रतिव्यक्ति आय दोब्बर गर्नेलगायत २० विषय समेटिएकाे छ।
यस्ता छन् एमालेका २० ग्यारेन्टी :
- १. समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने
- २. राष्ट्रहित र नागरिक हितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने
- ३.‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’को नीति कार्यान्वयन गर्ने
- ४. स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने
- ५. आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने
- ६. सबैका लागि काम र नियमित कमाइको सुनिश्चितता गर्ने
- ७. ‘पूर्ण साक्षर देश र उद्यमशील शिक्षित युवा’को नीति कार्यान्वयन गर्ने
- ८. ‘निरोगी नेपाल, सबल नागरिक’को नीति अघि बढाउने
- ९. स्वच्छ पानी, सफा वातावरण’को सुनिश्चित गर्ने
- १०.‘सबैलाई बिजुली बत्ती, विद्युतबाटै देशको उन्नति’ गर्ने
- ११.‘खेतबारीमा पानी, दोब्बर हुन्छ उब्जनी’को मान्यतामा अघि बढाउने
- १२. सडक पूर्वाधार र सुलभ सार्वजनिक यातायातको सुनिश्चितता गर्ने
- १३. ‘व्यवस्थित सहर : स्वच्छ र हरियाली बस्ती’को अवधारणा कार्यान्वयन गर्ने
- १४. ‘सरल, सहज सार्वजनिक सेवा’को प्रबन्ध गर्ने
- १५. सामाजिक सुरक्षाको दायरा र सुविधा विस्तार गर्ने
- १६. सबै नागरिकमा वित्तीय पहुँच स्थापित गर्ने
- १७. ‘स्वस्थ महिनावारी, सुरक्षित मातृत्व’को नीति कार्यान्वयन गर्ने
- १८. सस्तो, सहज र भरपर्दो सञ्चार सुविधाको प्रबन्ध गर्ने
- १९. ‘सभ्य समाज : मर्यादित नागरिक’को नीति कार्यान्वयन गर्ने
- २०.प्रतिव्यक्ति आय दोब्बर गर्ने