देउसी खेल्न जाँदा भिरबाट लडेर मृत्यु

बिहिबार, १० कार्तिक, २०७९
डिजिटल संस्करण

मकवानपुरको भीमफेदी गाउँपालिका– १ बाघचौरमा भिरबाट लडेर एक देउसेको मृत्यु भएको छ । मृत्यु हुनेमा बाघचौरका ४१ वर्षीय सुकमान गोले छन् ।  

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले देउसी खेल्न एक घरबाट अर्को घरमा जाने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएका गोलेको मृत्यु भएको जानकारी दिए । 

भिरबाट खसेरपछि गम्भीर घाइते भएका गोलेलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा उनको ज्यान गएको हो ।

सुझावित समाचार