डेंगुका ११५ संक्रमित थपिए

बुधबार, ९ कार्तिक, २०७९
डिजिटल संस्करण

मकवानपुरमा डेंगुका एक सय १५ संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मनहरी गाउँपालिकामा सबैभन्दा बढी एक सय ६ संक्रमित थपिएका छन्।

यस्तै, हेटौँडा उपमहानगरपालिकामा पाँच, मकवानपुरगढी गाउँपालिकामा दुई तथा भीमफेदी गाउँपालिका र राक्सिराङ गाउँपालिकामा एक–एक संक्रमित देखिएका छन्। 
यससँगै मकवानपुरमा डेंगु पुष्टि भएका संक्रमितको संख्या चार हजार ८०६ पुगेको छ। मकवनपुरमा डेंगुकै कारण अहिलेसम्म एकजनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालय मकवानपुरको तथ्यांकमा उल्लेख छ।

सुझावित समाचार